Saturday, May 16, 2020

सवारकाे एक रात

गुडिरहेकाे गाडीकाे रफ्तारसंगै झ्यालवाट मन्द मन्द हावा अाईरहेकाे थियाे। एकराजकाे मानसपटलमा विभिन्न दृष्यहरू नाच्न थाले; साझ झमक्क परिसकेकाे,लाेकल वसहरू पातलाे भईसकेका, वाटाे छेउछाउका घरहरूमा साँझ वत्ती वाल्न लागेका अनि उ चाहिँ झ्याल पट्टीकाे सिटमा वसेर यी सवै कूराहरू नियालीरहेकाे।

साँझकाे छ वज्नै लागेकाे थियाे।छत र डिक्की लगेजले खचाखच थियाे।उस्लाई गाडी चढाउन भनेर स्टेसनसंम्म अाईपुगेका थिए साथिभाईहरू अनि कति मूस्किल परेकाे थियाे उस्लाई साथीभाईहरूसंग छुट्टिन।यी सव कूरा भूलाउन अाफ्नाे सिट नजिकै वस्ने याैटा युवकसंग उ परिचय तथा गफगाफ गर्न थाल्याे।छेउछाउका अरूहरू पनि उनिहरूकाे गफमा सामिल हुन अाउँथे।उसकाे यात्रा एक किसिमले रमाइलै भईरहेकाे थियाे।रमाईला रमाईला गित संगितहरू वजिरहेका थिए।मानिसहरू एक अापसमा कुरा गर्दै पनि थिए।अाफू नजिकै वसेकाे युवक र अघिल्लाे सिटमा वस्ने युवती वीच गफगाफ चलिरहेकाे थियाे लामाे समयसंम्म।

शान्त, शितल अनि रात्रिकालिन सुविधाले गर्दा उस्लाई नाईट वस चढ्न निकै रमाईलाे लाग्छ।यात्राका लागि त्याे पनि लामाे दुरीमा यात्रा गर्न पर्दा उ प्राय रात्री वस नै राज्ने गर्छ।काेही काेही रातमा यात्रा गर्नुलाई असज भन्छन, एक खाले त्रास हुन्छ भन्छन त, उस्लाई त्रास नै नभए पनि यात्रा गर्दा प्राय निन्द्रा भने लाग्दैन,मनमा अनेक कूरा खेलाएरै भएपनि उ जागा रहेकाे हुन्छ।

तराईमा लामाे समय विताएर हाेला उस्लाई तराईकाे घना जङगल साँच्चै मनपर्छ। अात्मियता जाेडीएका ती रूख र रूखका हाँगा हाँगाहरूलाई उ देख्ने काेशिस गर्दै थियाे अध्याराेमै भएपनि । हरियाली प्रति उसकाे छुट्टै खाले माेह छ। राजमार्गमा गुडिरहेकाे गाडीभित्र वसेकाे उस्लाई पछाडी पछाडी सर्दै जाने ती हरेक वनस्पतिहरूले ' ल अब विदा है' भने झै लाग्थ्याे।उ झनझन उत्सुक वनेर हेर्ने गर्थ्याे। उ ती वनस्पतिहरूलाई अाफ्ना भावि पुस्ताले समेत देख्न पाउने गरी कालान्तरसंम्म संम्रक्षण गर्न पाए हुन्थ्याे जस्ता विषयहरूमा गम्भीर भएर साेच्न थाल्याे।ठुला ठुला याेजना परियाेजनाहरूकाे उस्ले परिकल्पना गर्याे। कूनै दिन ठूलाे मान्छे वनेर ती वनस्पतिहरूलाई उचित न्याय दिने प्रण पनि उस्ले मनमनै गर्याे।
रात छिपिदै थियाे। अधिकांश मानिसहरू निदासकेका थिए। यतिवेला सम्म ती युवा युवतिकाे गफगाफ, हाँसाे ठट्याैली पनि चुपचाप भैसकेकाे थियाे।उसले साेच्याे-"अघि सम्म त वाेल्दैथिए कति छिट्टै निदाएछन।" यताउती नजर डुलाएर हेर्याे, सवै अाअाफ्नै तालमा मस्त थिए ।काेही निदाउँदै गरेका, काेही चलमलाउँदै गरेका............

उसकाे वुझाईमा नाईट वसमा प्राय निन्द्रा विच्किन्छ।ढुङगामा गाडीका पैयाँहरू उफ्रिएर लाेलाउन लागेका अाखा उघ्रिहाल्थे।एकराज निदाउनै सकेन। युवतीसंग गफ गर्दागर्दै युवक अघिल्लाे दुई सिटकाे कापमा मुन्टाे राखेर त्यहि अफ्ट्याराे गरि निदाईरहेकाे थियाे। उसले अाँखा चिम्लिएकाे थियाे तर उसका हातहरूले ति युवतिकाे घरी कपाल सुम्सुम्याईरहेकाे हुन्थ्याे, घरी पिठ्युमा समातिरहेकाे हुन्थ्याे।कान , गाला र अाेठहरू खेलाउँदै अन्तत: उसकाे हात युवतीकाे छाती सम्म पुगेर सल्वलाईरहेकाे हुन्थ्याे अनि एक छिन अघिसम्म वाेलिरहेकि ती युवती चुपचाप थिईन। मानाै केही थाहा नपाए झै, मस्त निन्द्रामा निदाए झै।

अध्याराेमै याैवनका यी रासलिलाहरू प्रत्यक्ष देखिरहेकाे एकराज फेरि बाहिर हेर्न थाल्याे।यतिवेलासम्म तराईका जिल्लाहरू छाेडेर गाडी मध्य पाहाडी जिल्ला तर्फ उकालाे लागिसकेकाे थियाे। गरम दृष्यले हुनुपर्छ,मिनरल वाटरकाे विर्काे खाेलेर पानी पिएरै भए पनि उसले प्यास मेटायाे।पाहाडका अग्लाअग्ला चुचुराहरू त्याे अध्याराेमा कालाे वर्काेले छाेपेर राखिएका थुम्काझै देखिन्थे।वादल लागेर अाकास धुम्म भएछ क्यारे! अन्धता झन वड्दै थियाे तापनी उ नेपालकाे भाैगाेलिक स्वरूप नियाल्दै थियाे वाटाका पाखा पखेरा, सुसाईरहेका नदि नाला र पहिराे राेक्न ठड्याईएका भित्ताहरू।

गर्मि हुँदाहुँदै एकाएक चिसाे हावा चल्याे। पानी छिट्याउन थाल्याे।वाछिटाकाे स्पर्शले गर्दा झ्यालकाे सिसा तानेर टम्म बन्द गर्याे।एकछिन ढल्केकाे मात्र के थियाे,कसैले घच्घच्याए जस्ताे लाग्याे।खाना खाने ठाउँ अाएकाले खलासीले वाेलाउँदै रहेछ।यात्रुहरू भाेकाएका जति अाेर्लिए र नभाेकाएकाहरू वसिरहे। उ पनि अाेर्लियाे र खाना खायाे। खाउन्जेल पनि उसकाे अाँखा ती नै युवा जाेडीले नै तानीरहे।उसकाे नजर पर कुनाकाे टेवुलमा वसेका उनिहरूकाे चर्तिकलामै रहन्थ्याे । जिस्किरहेका,चलिरहेका..

उसले पाउनु त केही थिएन,चासाेकाे विषय पनि थिएन तर पनि किन अाँखा चिम्म गर्न पनि मन गरेन। मन अन्तै वहलाउन खाेज्दा पनि झ्याल वाहिरै हेरिरहन खाेज्दा पनि मनले भने भित्रै अन्धकार तिरै चिहाईरह्याे,मनमा कराहरू खेलिरहे यिनीहरू काे हाेलान? जाे काेही भए पनि याैटै सिटमा किन वसेनन त फेरि? गाडी भित्र हाेस वा बाहिर उनिहरू एकराजका लागि अाकर्षणकाे केन्द्र वन्नपुगे। हाईवे रूटका हाेटल, त्याहाकाे झिलिमिली र चहलपहलले पनि नलाेभ्याएकाे उसकाे मन याैटा सराेकारचन्दा वाहिरकाे विषयले लाेभ्याईरहेकाे थियाे। उनिहरूकाे सम्वन्धवारेकाे यथार्थ वुझ्न सकेसंम्म प्रयासरत रह्याे।ताताे न छाराेसंगले उनिहरूकाे वार्तालाप सुनिरह्याे।अाधा रात वितिसक्दा पनि उ जागा नै छ तर पनि उपलव्धिशुन्य, अभिलाषै अभिलाषाहरूकाे भारी बाेकेर वरू उ निदायाे।

गाडीले कतिवटा घुम्तीहरूमा घुमायाे,कति पुलहरू कटेर गए, कति खाेलानाहरू तरेर लग्याे गाडीले,कति पटक काेल्टियाे गाडी, कति ढुङगाहरूमा उफ्रियाे तर उसलाई कूनै प्रवाह भएन मात्र निदाईरह्याे।वच्चा र वृद्धाहरूले ठाउँ ठाउमा वान्ता गरे, पुरै गाडी गन्हायाे, पाँच मिनेटका लागि पनि पटकपटक गाडी राेकियाे तर उ निदाईरह्याे, मात्र निदाईरह्याे, मस्त निद्रामा।मान्छेहरूकाे खल्याङवल्याङले उ ब्युझियाे।घुम्तिकाे साँघुराे वाटाेमा जाम भैराखेकाे'रैछ।झिसमिसे उज्यालाे भैसकेकाे थियाे।"लाै वसले कति छिट्टै ल्याईपुर्याएछ।" "समय वितेकाे पत्तै भएन।" युवायुवति उठेर फेरि गफ गर्दै थिए।यसरी कुरामा कुरा चल्दै जाँदा उसले उनिहरूकाे यात्रा कस्ताे रह्याे भनेर साेध्न पनि भ्यायाे।उनिहरूले पनि निकै उत्साहित भएर अत्यन्त सकारात्मक ढंगले उत्तर दिए।

लामाे यात्रा तय गरेर बस शहर भित्रिसकेकाे थियाे।यात्रुहरू अाेर्लिने र सामान अाेराल्ने क्रम जारी थियाे।विहानी पख ठिङग उभिरहेका जस्ता लाग्ने शहरका घरहरूले उसलाई स्वागत गरेझै लाग्थ्याे।ती युवा र युवती थाेरै मात्रैकाे दुरीमा अघिपछी झरे।फेरि उसकाे मनमा उनिहरूकाे सम्बन्ध वारे प्रश्न उठ्छ।अाखिर काे थिए उनिहरू? थाहा नपाउँदै रात वित्याे।वाटामा धेरै कुराहरू भए।मनमा धेरै कुराहरू खेले।तराईकाे वन, नेपालकाे प्राकृतिक सुन्दरता अादि ईत्यादि रमाईलाे अनुभव वटुलेकाे उसलाई ती युवा जाेडिले भने निकै पछि सम्म पनि प्रभाव पारीरहे।उनिहरू दुवै जना अाेर्लिसके तर पनि उसले उनिहरूलाई अाफ्नाे मगजवाट हटाउन सकिरहेकाे थिएन।उसलाई महषुष भाे राती उस्लाई स्वप्नदाेष भएछ।याैटा नया अनुभव पनि उसलाई भाे।अाफ्नै शरिरवाट स्खलन भएकाे सेताे, वाक्लाे तरल पदार्थले अलि असहज वनाईरहेकाे थियाे उस्लाई।

एकराज अब मनमनै अाफ्नाे यात्रावारे समीक्षा गर्न थाल्याे।विगतका सफरहरू भन्दा विल्कूलै फरक,पहिले पहिले उसलाई वसभित्रै कविता, गीत, गजलहरू फुर्ने गर्थ्याे र त्यहि वसेर उ लेखेथ्याे तर याे पटक उ ती कुराहरू प्रति केन्द्रित हुनै सकेन र उसका हर प्रयासहरू विफल भएर गए।वरू उसले धेरै कुराहरू स्मरण गर्याे। उसल अाफु याैटा मेडिकल स्टुडेण्ट हुँ भन्ने विर्सियाे, अाफु याैटा लेखक हुँ भन्ने विर्सियाे , सम्झियाे त केवल सिग्मण्ड फ्रायड, एण्टाेन चेखव र उनिहरूका मनाेवैज्ञानिक विशलेषणयुक्त उदगारहरू।ती युवा जाेडीले अझैसम्म पनि एकराजकाे मानसपटलमा याैनमय प्रसंगहरू उठाईरहेका थिए।उ सम्हालिन खाेज्थ्याे तर सक्तैनथियाे।उसले थुप्रै अादर्श ब्यक्तिहरूकाे जिवनीकाे साहायता लियाे,अाफू द्वारा अध्ययन गरिएका वि.पिका उपन्यासहरू सम्झियाे।

उसकाे अाेर्लिने वेला अझै भईसकेकाे थिएन।गाडी गुडिरहेकाे थियाे, एकराजले अाफ्नाे हातमा वाँधेकाे घडी हेर्याे , विहानकाे पाँच वज्नै लागेकाेरैछ।उ झ्यालतिरै हेरेर फेरि टाेलाउन थाल्याे।उसकाे अाेर्लिने वेला अझै भईसकेकाे थिएन, गाडी गुडिरहेकाे थियाे……

No comments:

Post a Comment