Wednesday, September 4, 2013

‘रङगमहलको लालटिन’

Wel come to you in my blog this is my new post we being familier with the problem of power cut off this story is dedicated to all the laodshadding facing Nepali people.

“आजकाल लोडसेडिङ पनि यति धेरै हुन थालेको छ की भनी साध्य छैन” । ओमप्रकाश हिजो राती अबेरसम्म यी र यस्तै कुन्नी के के लेख्दै थियो । विज्ञान विषय अध्ययनरत उसको समय तालिका निकै व्यस्त छ । उ एउटा लगनशील विद्यार्थी हो । साथीभाइका माझमा उ रमाइलो र मिलनसार पनि छ । उसका साथीहरुले उसलाई ‘प्रकाश’ भनेर बोलाउने गर्दछन् ।

पढाइमा अब्बल, समझदार, इष्टमित्रको ख्याल गर्ने, आफन्तहरुको सम्पर्कमा बेलाबखत आइरहने उसको स्वभाव छ । यही क्रममा कलेजको सारा प्राक्टिकल सकेर उ विदेशमा बस्ने आफ्नो साथीलाई चिठी लेख्दै थियो । अचानक कोठामा बलिरहेको बत्ती झ्याप्प निभ्यो ।

अध्यारोमै प्रकाश एक्लै फतफताउन थाल्यो–“ आज पनि इन्भर्टर पुरै चार्ज हुन पाएनछ, विजुली कहिले आउने हो कहिले ? उफ् कस्तो देशमा जन्मिन पुगेछु विजुली बत्तीको त मुखै देख्न नपाइने भो । सँधै लोडसेडीङ, सँधै लोडसेडीङ । अँध्यारो मै वित्ने भो हाम्रो जुनी त । थुइक्क यस्तो पनि जिन्दगी । ”

मछुम गरेर भए पनि जसोतसो सलाईको काँटी कोरेर उसले लालटिन बाल्यो र क्रमश चिठी लेख्न थाल्यो । यसपटको पत्रमा उ नेपालको विद्युत सेवा कटौतीका वारेमा केन्द्रीत भयो भने आफ्नो देशको लाजमर्दौ अवस्था प्रति आक्रोस व्यक्त गर्दै अनि व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत हुन थाल्यो र अगाडी लेख्न थाल्यो —साथी यो एकाइसौँ शताब्दी, इमेल, इन्टरनेट जस्ता विकसित विज्ञान प्रविधिको जमानामा पनि तिम्रो यो अभागी साथीले मसीले लेखेर कागजको चिठी पठाउनु पर्या छ । चिठी पढेर नहाँस्नु साथी, मधुरो बत्तीमा लेखिएको मेरो यथार्थ हो यो । विजुली नभएर इन्टरनेटमा अनलाईन आउनै पाइन । चार्ज सकिएर ल्यापटप र मोबाइल फोन अफ का अफ छ । इन्भर्टरले पनि भ्याएन अधि भर्खरै निभ्यो र अब केही समयका लागि मलाई लालटिनले साथ दिदै छ ।

मैले त विद्युतिय सामग्रीहरु सबै थन्काइसके। साथी तिमीहरुको तिर त यति हदसम्म पनि हुँदैन होला तर हाम्रो तिर त हामी विद्युत प्राधिकरणलाई सित्तैमा पैसा तिछौँ। लाइन कतिखेर आउने, कतिखेर जाने कुनै टुङ्गो हुँदैन । म दिउँसभरी कलेजमा हुन्छु, कम्प्यूटर ल्याब जान खोज्यो विजुली हुँदैन। साँझ घर फर्कियो विजुली हुँदैन अनि टुकी मैन बत्ती जे भेटियो त्यही बालिन्छ राती सुतीहालीन्छ। बिहान उठ्यो फेरी पनि विजुली हुँदैन । यस्तो भएको धेरै दिन भयो । झलमल बत्ती बलेको हेर्ने त रहर भयसक्यो । विजुली आओस नआओस कलेज हिँड्ने बेलामा इन्भर्टर लाइनमा जोडीदिएर मात्रै हिँड्ने गरेको छु आजकाल ।

दुइ हप्ताजति भो लुगामा आइरन गर्न पाकोछैन। लुगाहरु खुम्चिएर खाँदेको गुन्द्रुकझै भाछ। गर्मि भो भने पनि पङखा हम्किनु सिवाय अरु कुनै बिकल्प छैन । अब त बैकल्पिक उर्जाको पनि बिकल्प खोज्न पर्ला जस्तै छ। सोलार राख्यो बादल लागेर, आकाश धुम्म भएर हैरान ।ग्यास ,डिजल र पेट्रोलको त झन कुरै गर्न परेन आफैमा मारामार छ। जलबिधुतको तिरासी हजार मेगावार्ट बिधुत क्षमता पनि देखियो ।

जलश्रोतको दोश्रो धनि देश अरे,हासै उठेर आउछ भन्या। जलश्रोतको दोश्रो धनि देशमा त यति धेरै विधुत सेवा कटौति हुन्छ भने क्यान यु इमेजिन झन पहिलो धनि देशमा कति लोडसेडिङ हुन्छ होला ?यस्तो लाग्छ कि नेपाल यौटा रङगमहल हो जहा जलविधुत क्षमताको झुमर झुण्ड्याएर लोडसेडिङको लालटिन बालिन्छ।

यसरी विदेशमा वस्ने साथीलाई लेखेको पत्रमा आफ्नो देशवारे यी कूरा समेट्न पर्दा प्रकाश साह्ै विरक्तियो। चाहाना नहुदा नहुदै पनि पत्रलाइ विट मार्ने जर्मको उसले गर्यो ।प्रकाश आफैमा यौटा अर्थपूर्ण नाम हो जुन आम नेपालीहरुका लागी आवस्यक्ताको विषय बनेको छ तर स्वयम उ आफुले नै प्रकाश आपूर्तीको महसुस गर्न नपाइरहेको अवस्था छ। अब उ सुत्ने तरखरमा छ । धिपधिपाइरहेको लालटिन उसले निभायो र अन्धमुस्टी अँध्यारोको सुन्यतामा उ निदायो ।

भोलिपल्ट विहानै उठेर मुख धुँदा पो उसको आखा बेसिन माथीको ऐनामा पर्यो। सुरुमा त उसले आफनो अनुहार चिनेन पछि भेरै बेर नियोपछि मात्र उ ऐनामा हेरेर मुसुक्क हास्यो । हिजो राती चिठी लेख्न भनेर बसेको मात्र के थियो लालटिनको धँुवाले प्रकाशको मुख जम्मै कालो भएछ।अस्थि मात्र चार पाच दिन अगाडी निहुरीएर पढ्दा टुकी बतीले डढाको टाउकोको कपाल पलाउन भ्याउदा नभ्याउदै फेरी यो लालटिनको करामत । तत्पस्चात प्रकाशले ‘नाइट मेयर लाइफ विद आउट फिउल’ भन्ने एघार कक्षाको पाठ सम्झ्यो जहाँ समेटिएका विषयबस्तुहरु उसलाइ साच्चै सान्दर्भिक लाग्यो ।



No comments:

Post a Comment