Friday, July 3, 2020

नेपाली भाषामा बहूभाषिकता हावी भएको छ।

एक पटक म नयाँ वानेस्वर स्थित ए वान क्याफेमा वसेर कफी पिउँदै थिएँ। म भएको टेवल भन्दा ठिक अगाडीको टेवलमा यौटा जोडी वसेको थियो। उनीहरुसंग अन्दाजी अढाई तीन वर्षको वच्चा पनि थियो। उनीहरु गफ गर्दै केही खाईरहेका थिए। नजिकै भएकाले उनीहरुको वार्तालाप मेरो कान सम्म आईपुग्थ्यो। यसै क्रममा उनीहरुको त्यो वच्चाले प्लेटमा रहेको योमरी चम्चाले फूटाउँदै आप्mनै हातले खान खोज्दै थियो। छेउको वेग्लै कुर्सीमा वसेकी उसकी आमाले हकार्दै भनिन् ”वेवु! त्यो स्पून  नचलाउ त। सवै खुवा स्प्वाईल भइसक्यो। हेर त क्लोथ पनि कति डर्टी भयो।” सायद उनको आशय थियो चम्चा जथाभावी नचलाउ योमरी भित्रको खुवा नास भईसक्यो र यसले तिम्रा लुगाहरु पनी मैलो वनायो। यौटी आमा हुनुको नाताले वच्चालाई अह्राई सिकाई गर्नु स्वभाविक थियो। तर उनको शव्द चयन भने पक्कै स्वभाविक थिएन। मेरो मनमा केही प्रश्न उठे। के त्यो अढाइ वर्षको वच्चाले ति आगन्तुक शव्दहरु वुभ्mला? आमाको आशय यहि नै हो भनेर के उसले आप्mना क्रियाकलायहरु परिवर्तन गर्ला? यसले वच्चाको नेपाली भाषा सिकाईमा कस्तो प्रभाव पार्ला? 

 यो त केवल र्यौटा प्रतिनिधी उदाहारण मात्र हो। नेपालमा पछिल्लो पटक यौटा यस्तो जमात तयार भइरहेको छ जो शुद्धुसंग नेपाली वोल्न, लेख्न र उच्चाहरण गर्न जान्दैन। भारतीय कार्टुन तथा अन्य टिभी चयानलहरुको प्रभावका कारण वालवालिकाहरु नेपाली भाषाभन्दा पहिले नै हिन्दी भाषा सिक्छन् फलस्वरुप परिवारसंग हिन्दीमै वार्तालाप गर्छन्। यसले वालवालिकाहरुमा चतु¥र्याई त वढाउँला तर आपmनो भाषाका आधारभूत ज्ञानमा भने पक्कै पछि पर्छनेछन्। यसैको परिणाम हो अहिलेको युवा पुस्ताको नेपाली भाषाप्रतिको हेय भाव । हालै चर्चामा रहेको ’ईनफ ईज ईनफ’ नामक फेसवुक समुहको गतिविधीप्रति समर्थन वा विरोध जनाउने दुवै खेमाका कार्यकर्ताहरुले सामाजिक संजालमा गरेका पोष्टहरु नियालेर अध्ययन गर्दा नेपाली भाषाको प्रयोगमा अहिलेको युवापुस्ता उदासिन रहेको कुरा अडकल काट्न सकिन्छ। हिन्दी वा अंग्रेजी शव्दहरुको साहायता विना एक हरफ शुद्ध नेपाली वोल्न वा लेख्न पनि नसक्ने परिपार्टी वनिसकेको छ। यसको प्रत्यक्ष असर हाम्रो अभिव्यक्त गर्ने कौशलमा पर्न जान्छ। उनीहरुले व्यक्त गर्न खोजेको आशय जायज भए पनि संगती नमिलेको भाषाकै कारण उनीहरुले प्रवाह गर्न खोजेको संदेशले धेरै भन्दा धेरै दर्शक वटुल्न सक्दैन। यौटा भाषामा धेरैवटा लिपीहरु मिश्रित हुँदा नसुहाउँदो  त देखिन्छ नै कहिलेकाँही वाक्यको तात्वीक अर्थलाई व्यक्त गर्न समेत असमर्थ हुन पुग्छ। त्यसैले भाषामा शव्द चयनको ठूलो भूमिका हुन्छ। नेपालमा सरकारी वा निजी क्षेत्रका कतिपय कार्यलय प्रमूखहरु नै प्राविधिक एवम् ठेट नेपाली शव्दहरुवारे अनविज्ञ छन्। अस्पष्ट र द्धिअर्थी भाषाकै कारण कानुनको दुरुपयोग हुन्छ र कतिपय अवस्थामा व्यक्ति वा संध संस्थाहरुले ठूलो नोक्सान बेहोर्नु पर्दछ। सर्वसाधारण देखि लिएर कलाकार हुँदै देशका उच्च पदस्त व्यक्तित्वहरुमा पनि वोल्दा वा लेख्दा नेपाली भाषमा थोर वहुत अंग्रेजी मिुसाउनै पर्ने जस्तो मानसिकताका कारण पनि हामी हाम्रा भाषा र लिपीको स्वरुपलाई विकृत वनाईरहेकाछौँ र नेपाली भाषको संम्रचना देशभित्रैवाट ध्वस्त पार्ने धृष्टता गरिरहेकाछौँ।

हाम्रा भाषिक र सास्कृतिक सु–सम्पदाहरु लोप हुने स्थीतीमा पुग्नुमा पास्चात्य संस्कृतिको प्रभाव र अन्य छिमेकी राष्ट्रहरुको सांस्कृतिक अतिक्रमणको पनि मुख्य भुमिका रहेको छ। नेपाली भाषाको प्रचार प्रसार र प्रयोग वढाउनका लागी सर्वप्रथम त हामीले हाम्रा भाषाका लागी अत्यावस्यक पूर्वाधारहरु तयार पार्नु पर्छ। अधिकांश नेपालीहरु विदेशवाट आयात गरिएका मोवाइल एवम् एन्ड्रेईड फोनहरुमा हुने हिन्दी र मराठी भाषाका फन्टहरुलाई नै नेपाली भाषाका रुपमा प्रयोग गर्छन्। निकै चर्चामा रहेका केही नेपाली एपहरुमा पनि भाषागत समस्याहरु भेटिएकाछन्। हाम्रा नेपाली किवोर्डहरुलाई पनि सच्याउनु उत्तिकै जरुरी छ। हाल नेपालमा सर्वाधिक प्रयोग हुर्ने हाम्रो किवोर्र्र्र्र्ड’ नामक एपवाट प¥यो, झ¥यो जस्ता काटिएका र जोडिएका शव्दहरु टाईप गर्नका लागी सरल छैनन् । यी र यस्तै जटिलताहरुका कारण पनि यूवाहरु म्यासेन्जर, ह्वाटस्एप, भाइवर र ट्रवीटर जस्ता सामाजिक मञ्चहरुमा देवनागरी लिपी प्रयोग गर्नु सट्टा रोमन अंग्रेजीमा संवाद गर्नु र्नै सहज मान्छन्। संचार माध्यममा आउने समाचारका शिर्षकहरु वा टेलिभिजन स्क्रीनमा आउने स्क्रोल न्यूजहरु नै अशुद्ध हुन्छन। हिज्जे, वर्ण विन्यास, र व्याकरणका सामान्य भन्दा सामान्य नियमहरुको समेत त्रुटी हुने गरेकाले कतिपय अनलाईन न्यूज पोर्टलहरुको आलोचना पनि भईरहन्छ। इन्टरनेटवाट प्रत्यक्ष युनिकोडमा वदल्न सकिने प्रविधी भएपनि कतिपय पद संगती नमिलेकै कारण प्राय समाचारका शिर्षकहरु पनि हास्यास्पद खालका हुनछन्। वाक्य संश्लेषणमा सम्पादकहरुकै अल्प ज्ञानका कारण सामाजिक संजालहरुमा हप्तौँसम्म पनि खिसिटिउरीका लागी खुराक वन्न पुग्छन्। यसैले नेपाली अनलाइन पत्र पत्रिकाहरुको गुणस्तर र विश्वसनियता माथी प्रश्न उठ्ने गरेको छ।

  पढाउने शिक्षक शिक्षिकाहरु पनि नेपाली भाषाको शुद्धाशुद्धी मामिलाबारे अलमलमा पर्ने गरेको पाईन्छ। यसको प्रमुख कारण भनेको हाम्रा विध्यालय तहको नेपाली विषयको पाठ्यक्रमहरुमा एक रुपता छैन। दश कक्षा पढ्ने विध्याथीले स्कूल पढ्दासम्म लक्ष्मी प्रसाद देवकोटाको हिज्जे ह्र्श्व लेख्छ भने त्यही विध्यार्थी एघार वा वाह्रमा पुगेपछि नियम परिवर्तन भईसकेको हुन्छ र दिर्घ लेख्न थाल्छ। यसरी गहन अध्ययन नगरी परिवर्तन गराईएका नियमहरुले पनि विध्यार्थीहरुलाई अन्योलमा पार्छ र नेपाली भाषा प्रति वितृष्णा जगाउँछ। देवनागरी लिपीमा लेखिएका कतिपय लेख, रचना र सामाजिक संजालका स्टेटसहरुलाई भाषा र लिपीकै कारण वेवास्ता गर्ने गरेको पाईन्छ। शिर्ष नेता भनिएकाहरुकै अभिव्यतिm नियालेर हेर्ने हो भने भाषागत त्रुटीहरु वेग्रल्ती पाईन्छन्। यसका लागी हाम्रा शैक्षिक संस्थाहरु जिम्मेवार छन्। संचारमाध्यमहरु जिम्मेवार छन्। भाषा संम्रक्षण गर्ने राज्यका निकायहरु जिम्मेवार छन् र भाषाको शुद्ध प्रयोगमा ध्यान नदिने हामी लेखक र पाठकहरु पनि उत्तिकै जिम्मेवार छौँ। भाषाको सहि प्रयोग गर्न सर्वप्रथम त हामीले भाषा सम्वन्धी नियमहरुको न्यूनतम जानकारी राख्नै पर्छ।

 श्रोतका आधारमा नेपाली भाषाका शव्दहरुलाई तिन भागमा वगिर्करण गरिएको छ। सस्कृत भाषावाट जस्ताको तस्तै लयाईएका शव्दलाई तत्सम शव्द भनिन्छ। संस्कृत भाषावाट अपभ्रंश भई आएकालाई तत्भव शव्द र विदेशी भाषावाट जस्ताको तस्तै ल्याएर नेपाली भाषामा प्रयोग गरिनेलाई आगन्तुक शव्द भनिन्छ। हाल नेपालमा तत्सम र तत्भव भन्दा आगन्तुक शव्दहरु वढी प्रयोग गरेको पाईन्छ। शव्दको प्रयोगमा मात्र नभएर भाषामै अंग्रेजी र नेपाली मिसाएर भाषाको स्वरुप नै विगारीएको छ। र यस्तै मिश्रित भाषाहरुको जथाभावी संयोजन गराईनुले गौरवशाली इतिहास वोकेको नेपाली भाषा हाम्रै लापरवाहीका कारण निकट भविष्यमै नेपांग्रेजी हुन पुग्ने जोखिम वढेको छ। 

 यौटा निस्चित भाषामा अन्य भाषाका शव्दहरु वा पदावलीहरु कुनै खास प्रयोजनका लागी प्रयोग गरिन्छ भने त्यसलाई नै वहूभाषिकता भनिन्छ। वहुभाषिकताको प्रयोग परराष्ट्र मामिला, अन्तराष्ट्रिय पत्राचार, कुटनैतिक नियोग, वा देश भित्रकै दुई भिन्न भाषा संस्कृती वा समुदायहरुलाई प्रतिनिधीत्व गर्ने खालका उपन्यास, टिपोट वा साहित्यमा वढी प्रयोग गरेको पाईन्छ। पछिल्लो समय नेपाली साहित्यमा पनि वहूभाषिकताको प्रयोग वढ्दो छ। एक हिसावले हेर्दा भाषामा वहुभााषीकता भित्रिनु जरुरी पनि छ। हाम्रो नेपाली भाषामा भएका कतिपय अनुकरणात्मक शव्दहरुको अंग्रजीमा उल्था छैनन्। र यो समस्या विश्वका जुनसुकै भाषाहरुमा थथावत छ। यौटा भाषावाट अर्कोमा अनुवाद गर्दा यी कुराहरुले एकातिर वतmा वा लेखकको आशयलाई स्पष्ट पार्न मद्धत गर्दछ भने अर्को तर्फ भाषामा मिठास पनि थप्दछ।  कुनै पनि भाषा आफैँमा समृद्ध भने हुँदैन। विश्वको कुनै पनि शव्दकोशमा  आगन्तुक शव्दहरु त हुन्छन् नै। तर यहि कारण देखाएर हामीले हाम्रो विविधतापूर्ण सुसस्कृत नेपाली भाषा र लिपीलाई अवमूल्यन गर्नु भने हुँदैन। वहूभाषिकताकको अस्वभाविक प्रयोगले हाम्रो भाषिक संम्रचना त विग्रन्छ नै नेपाली भाषाको उत्थान, संम्रक्षण र विकासका लागी अग्रजहरुको वलिदानी पूर्ण साहित्यीक आन्दोलनले आर्जिएका उपलव्धीहरु माथी पनि कुठाराघात हुनजान्छ। वर्तमान परिपेक्षमा नेपालको संसदमा हिन्दी भाषालाई सहयोगी भाषामा रुपमा प्राथमिकता दिने वा नदिने भन्ने विषयमा चर्को वहस चलिरहँदा ओझेलमा परेको हाम्रो आप्mनै राष्ट्र्यि नेपाली भाषाको संम्रक्षण, संवर्धन र प्रवर्धन गर्नु पर्ने टड्कारो आवस्यकता देखिएकोछ। 

 भाषा समयको विकासक्रम संगै परिस्कृत हुँदै जान्छ र आवस्यकता अनुसार परिमार्जन पनि हुन्छ। निरन्तरको अभ्यास र अत्याधिक प्रयोगले मात्रै नेपाली भाषामा पोख्त हुन सकिन्छ। विभिन्न खालका अतिक्रमणहरुवाट नेपाली समाज आक्रान्त भईरहेकै वेला नेपाली भाषाको संम्रक्षणप्रति सचेत वनाौँ र अवको यो समय, भाषिक शुद्धतामा जोड दिऔँ।

2 comments:

  1. एकदमै समयसान्दर्भिक र राम्रो लेख अनिल ।

    ReplyDelete
    Replies
    1. प्रतिक्रियाका लागी आभारी छु धेरै धेरै धन्यवाद सुगत।

      Delete