Thursday, July 22, 2021

इन्टरनेटको प्रयोग विना पनि स्थानिय मौसम पूर्वानुमान गर्न सकिन्छ।


प्राचिन समयमा हाम्रा ऋषिमुनीहरुले आफ्नो दिव्यदृष्टि प्रयोग गरेर पानी पर्ने, घाम लाग्ने, वादल लाग्ने वा मौसमको सम्पूर्ण अवस्था पत्ता लगाउने गर्दथे। उनीहरुले आकाशको अवस्था र प्राकृतिक संकेतहरुका आधारमा मौसमवारे पूर्व सुचना लिने गर्दथे। पहिला पहिला ऋषिमुनीहरुले गर्ने काम आजकल कम्प्यूटरले नै गरिदिन्छ। प्रविधिको विकासले गर्दा आज हातहातमा मौसमवारे पूर्वसुचनाको पहुँच छ। हालको र आगामी दिनको सम्भावित तापक्रम, आद्रता, हावाको चाप, दिशा र गति आजकल घडी र मोवाईल फोनहरुवाटै सहजै प्राप्त गर्न सकिन्छ।


मौसम वारे अध्ययन गर्ने विषयलाई मेट्रियोलोजी भनिन्छ भने मोैसम अध्यन गर्ने व्यतिmलाई मेट्रियोलोजिष्ट अर्थात मौसमविद भनिन्छ। आधुनिक उपकरहणहरुले प्रदान गरेको तथ्यांकलाई उनीहरुले व्याख्या गरेर मौसमवारे धारणा वनाउँछन्। वायूमण्डलको आफ्नै प्रक्रिया हुन्छ। यो सामान्य विज्ञानलाई वुभ्mयौँ भने ईनटरनेट वा कूनै डिभाईस विना नै १२ देखि ७२ घण्टासम्मको स्थानिय मौसम कस्तो रहन्छ भनेर पत्ता लगाउन सकिन्छ।


पृथ्वीमा वादल, वर्षा, विजुली, चट्यांग,  हावा, शित, ताप, घाम , असिना र पानी सवैको आ आफ्नै महत्व हुन्छ। यी सवै कूराहरुले गर्दा नै हामी वसोवास गर्ने पृथ्वीलाई जीवन्त वनाएको छ। किसानहरु आकाशतिर हेरर पानी पर्ने नपर्ने अनुमान लगाउँछन्।  आकाशमा देखापरेका वादल, तिनका आकार प्रकार, रंग, मात्रा, र तीनमा देखापरेका वदलावहरुले आगामी मौसमवारे धेरै कुरा वताईरहेको हुन्छ। सामान्यतया वायूमण्डलमा हावाको चाप न्यून हुँदा वादलले ढाक्छ भने चाप उच्च हुँदा आकास सफा रहन्छ। मनसुनको आकाश धुम्म हुने र वसन्त ऋतुको आकास निलो , खुल्ला अनि सफा देखिनुको प्रमुख कारण भनेको यहि हावाको चाप नै हो। हावाको चाप नयून हुँदा गर्मि वढ्छ। वादलले टम्म ढाक्दा  घाम छेकिने हुनाले वोट विरुवाहरुको वृद्घि विकासका ह«ास आउँछ र रोग किराहरुले पनि आक्रमण गर्न थाल्दछन्। वादलका प्रकारहरु हुन्छन्। क्यूमुलस नाम गरेका वादलहरु हेर्दा सेता काउलीका फक्रक परेको फूलजस्तै देखिन्छन्। यो वादल देखिदाँ दिन घमाईलो हुनेछ भनेर वुझन पर्छ। अल्टोस्ट्राटस वादलहरु सेतोमा खैरो रंग मिसिएको चाक्लो अनि वाक्लो वादलहरु हुन्। यीनले भारी वर्षा गराउँछन्। त्यस्ौगरी निम्वोस्ट्राटस वादलहरु ख्रैरो कालो रंगका हुन्छन्। यीनले मेघको गर्जन सहित ठूलो वर्ष गराउँछन्। सिरस नाम गरेका वादलहरु झट्ट हेर्दा सेतो कपासको पातलो भुवा जस्ता देखिन्छन्। यसले वतास निम्त्याउँछ। यी वादलहरु लामो समयका लागी आकासमा रहँदैनन्। यी वादलहरु देखा परे भने हावाको चापमा परिर्वतन आउँदैछ भन्ने वुभ्mन पर्छ। आद्रता उच्च छ भने हुरी वतासको संभावना वढ्छ। घरका भ्mयाल, ढोकाका पल्लाहरु फूलेकाछन्, सजिलै लाग्दैनन् भने आद्रता उच्च छ भनेर वुझनु पर्छ। प्राय असार श्रावणका वेला यस्तो हुने गर्दछ। यदि रातको समयमा ताराहरु झिलमिलाईरहेको प्रस्ट देखिन्छ भने आजको आद्रता न्यून छ। रात सितल हुनेछ र भोलि विहानको मौसम सफा रहनेछ भन्ने संकेत हो। सुर्य वा चन्द्रमा अघि सेता, पातला, पारदर्शी वादलहरु देखिन्छन् भने आगामी ३६ घण्टाभित्रमा वर्षा हुने वा हिमपात हुने संम्भावना रहन्छ।


पशुपंक्षिहरुले समेत मौसममा आउनसक्ने वदलावलाई नजरअंदाज गरिरहेका हुन्छन्। किरा फट्यांग्रा, गाई वस्तु चौपाया, चराचुरुगीहरु पनि मौसमी अवस्था प्रति संवेदनशिल रहने गर्दछन्। हावा चलिरहेका वेला पंक्षिहरु अत्यन्तै न्यून उचाँईमा उड्ने गर्दछन्। हावाको चापले कानमा दुखाईको महषूस गराउने हुनाले चापमा ह«ास आएका वेला पंक्षिहरु विशेषतः विजुली वा टेलिफोनका तारहरुमा वस्ने गर्छन्। चाप मा परिवर्तन आएका वेला विरालोहरु आफ्नो कान कोट्याउँदै सफा गर्छन्। गाउँघरमा भ्यागुता कराउदा पानी पर्छ भन्ने विस्वास रहेको पाईन्छ। यसो भनिनुका पछाडी पनि यौटा विज्ञान छ। भ्यागुताले पानी पर्ने याममा आफ्ना सन्तान उत्पादन गर्ने गर्छ। मौसम अनुकूल रहेको कुरा भ्यागुताले आफेनो छालाका माध्यमवाट थाहा पाउँछ र हामीलाई झर्काे लागेपनि उसले आफ्नो कोकिल कण्ठ प्रयोग गरेर उसको पोथीलाई सुमधुर लाग्ने आवाजमा पुकारेर आफूप्रति आकर्षित गर्छ। भ्यागुता पनि पानी पर्ने मौसमको यौटा सुचक हो त्यसैले नेपालमा खडेरी परको वेला भ्यागुताको विहे गरिदिने परम्परा प्रचलनमा छ। पानी पर्न लागेका वेला माहुरीहरु पनि विश्राम लिन घारमा पस्ने गर्छन। पूतलीहरु आफ्ना ज्ञान ईनिद्रयहरुको साहायताले आश्रयस्थलको खोजिमा पूmल र वगैचा भन्दा टाढा निस्किन्छन्।


जमिनको हावामा भएको सकारातमक चार्ज र वालदमा भएको नकारात्मक चार्जका कारण विजुली चम्किने गर्छ। वादलहरु एक आपसमा ठोकिएर निस्कने आवाजलाई नै मेघगर्जन भनिन्छ। विजुली चम्एिको समय र मेघगर्ननको समयवीचको फरकमान निकालेर आफू वसेको ठाउभन्दा चट्यांग खसेको ठाउँ कति मिटर पर छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ। विजुली चम्कदा कोशेवालीको जरामा रहेका राईजोवियम व्याक्टेरियाले वायूमण्डलमा रहेको नाईटोजन ग्यास लाई सोसेर माटोमा राख्दछ। अम्वा वा आँपका पातलाई च्यातेर स्वस्तिक आकारको वनाएर सिन्कामा उनेर फिरफिरे वनाई हावाको गति निकाल्न सकिन्छ। आकास आफैमा विशाल छ। धर्ति  आफैमा मनोरम छ। आकास र धर्तिलाई जोड्ने हाम्रो वायूमण्डल अनुपम छ। अपरिहार्य छ। हामीले देखे जानेकै विशाल देखि अत्यन्त सुक्ष्म भन्दा सुक्ष्म कुराहरुकै कारण यो सृष्टि सुन्दर छ। हाम्रो सेरोफेरो , हामे पर्यावरणले हामीलाई संकेत गरिरहेको हुन्छ। यी संकेतहरुलाई हामीले चिन्न भने सक्नुपर्छ। प्रक्रितीको काखमा सवै कुरा छ। सुर्य, चन्द्र, नौलाख तारा, सप्तरंगी ईन्द्रेणी,  विभिन्न आकृती वनाउने वादलहरु, विहानीको उषाकिरण, गोधुलीको लालीमा लतपतिएका रंगहरु, अनन्त क्षितिजको फराकिलोपन, यी सवै कुराहरु कूनै सिपालु चित्रकारले आकासको क्यानभाषमा लिपेको मनमोहक पेन्टिगभैm देखिन्छ। आउनुहोस् प्रकृतीको यो अनुपम सौन्दर्यलाई निशुल्क नियालौँ। वायूमण्डलको प्रक्रियागत संकेतहरुलाइ विचार गरेर मौसममा आउनसक्ने संभाावित वदलाव र यसले दैनिक जीवनमा पार्नसक्ने सकारात्मक वा नकारात्मक प्रभावहरुका लागी पूर्वतयारीहरु गरौँ।


 


No comments:

Post a Comment