Friday, October 29, 2021

भोजन पद्दतीः उचित खानपान शैलीको स्वर्णीम शास्त्रिय नियम

अर्थ वेदमा खानपानको विषय र विधिलाई अत्यन्तै सुन्दर ढंगले व्याख्या गरेको पाइन्छ। हामी सम्पूर्ण जीवित  प्राणीहरु भोजनको उपभोग गर्छाै। विश्वमा खान नपाएर भन्दा खाना खान नजानेर धेरै मानिसहरुको मृत्यू हुने गर्दछ। भोजन प्रति गहिरो आशक्ति नराखी यसको उपभोग गर्नु पर्दछ। सोच विचार गरेर जति आवस्यक छ त्यति नै खाना खानु पर्दछ। पूर्वीय दर्शनमा खानपानको शैलीलाई लिएर स्वर्णीम नियमहरुका वारेमा उल्लेख गरिएको छ। जो भोजन गर्दा यी नियमहरुलाई नित्य पालना गर्नु पर्दछ। 

अर्थवेदको एक श्लोकले भन्छ यदश्नामि वलं कूर्व इतथं वृतवज्रमा ददे। स्कन्धानमुष्य शातयन्  वृत्रस्येव शचीपतिः।। (अर्थवेद ६.१३५३) खाना खाने समयमा व्यक्तिको मनस्थितीले पोषण निर्धारण गर्नमा मूख्य भूमिका निर्वाह गर्दछ। प्रशन्नचित्तले भोजन गर्नेहरुको पाचन प्रकिया उदास वा निरास रहेर भोजन गर्नेहरुको तुलनामा छिटो हुने गर्छ। आनन्दित मन र आंतरिक उत्साहले खानाको स्वाद वढाउँछ। त्यसैले खाना खाँदाको समयमा गफगाफ गर्ने, सोच्ने,  टोलाउने वा विचार मंथन गर्ने जस्ता समपूर्ण गतिविधिहरु स्तगन गरि प्रशन्न एवम् एकाग्र चित्तले भोजन गर्नु पर्दछ।  खाना खाने समयमा टिभि, मोवाईल ल्यापटप हेर्दै खानु वा ठूल्ठूलो स्वरले वोल्दै खाना खानु स्वास्थ्यका हिसावले शुभ मानिदैँन। भोजनलाई नचपाई सोझै निल्न हुदैन। हामिले खाएको खाना खानानलमिा पुग्नु अघि राम्रोसंग चपाउनु पर्छ। यसो गर्नुले खानालाई स्वादिष्ट वनाउनका साथै शरिरलाई वज्र समान मजवुत वनाउँछ। 

कतिपय खानाहरु एकै साथ खान नहुने हुन्छन्। जस्तै मासु र दुध संगै खान हुदैन, मह र घ्यू वरावर मात्रामा एकसाथ सेवन गर्न हुदैन। यसरी एकै साथ खान नहुने अन्य थुप्रै कुराहरु हुन्छन्। जे खाए पनि नियम अनुसार नै खानपर्छ। पर्याप्त मात्रामा पानी पिउन पर्छ। सदैव स्वच्छ, शुद्द, निर्मल पानी  मात्र पिउन पर्छ। फलफूल, तरकारीहरु औषधिजन्य गुणहरुले भरिपूर्ण हुन्छन्। यसमा रहेको भिटाभिन, कार्वाेहाईड्रटले पोषण तत्वहरुको आपूर्तीमा मद्दत गर्दछ। यी तत्वहरुले खानाप्रतिको रुची वढाउँछ र आरोग्यकारी औषधिको रुपमा शरिरलाई उर्जा प्रदान गर्दछ। 

यज्ञशिष्टाशिनः सन्तो मूच्यन्ते सर्वकिल्विैषः । भूञ्जते ते त्वघं पापा ये पचन्त्यात्मकारणात्।। (श्रीमद्भगवतगीता ३.१३) अर्थात खाना खानुपूर्व सवैभन्दा पहिला देवताहरुलाई, पितृहरुलाई, परिवारजनका गन्यमान्य व्यक्तिहरुलाई, वालवच्चाहरुलाई र पाल्तु जनावरहरुलाई खाना खुवाउनु पर्छ। सवैलाई तृप्त वनाएर वाँकी रहेको भोजन ग्रहण गर्नाले व्यक्तिलाई आत्मसन्तुष्टि प्रदान गर्छ। सम्पूर्ण ज्ञात अज्ञात प्राणी जगतको आर्शिवाद पनि मिल्छ। यसरी अर्पण गरिएको खाना चराचुरुंगी र अन्य घरेलु जीवजन्तुले खान्छन् र आफनो प्राण धानिरहेका हुन्छन्। प्राणीहरुको सेवा गर्दा परोक्ष रुपमा हामी मानवहरुलाई मोक्ष मिलिरहेको हुन्छ। हिन्दु संस्कारमा भोजन गर्नु अघि औशनी हाल्ने चलन हुन्छ। धोती, पाटा फेरेर शुद्द पहिरन लगाइन्छ। खाना पकाउने भान्छा र खाना खाने ठाँउ सदैव सफा सुग्घर राखनु पर्दछ। खाना पकाउने वा खाने भान्छाघर मात्र नभइ अन्न, तरकारी, फलफूल उव्जाउने ठाँउ समेत सफा राख्नु पर्दछ।   

खाना खानुपूर्व उक्त खानाको गुण र अवगुणहरु वारे जान्नु पर्दछ। अनौठो खाना वा फल खानु अघि राम्रोसंग सोधपुछ गरेर मात्र सेवन गर्न् पर्छ। ईतिहासकारहरुका अनुसार भगवान गौतम वुद्दको मृत्यु अपरिचित भक्तले दिएको अनौठो फल सेवन गरेकाले भएको थियो भन्ने कथन छ। शत्रु वा कुनै शंकासपद व्यक्तिले दिएको वा आफूप्रति दुर्भाव राख्ने जो कोहिको हातवाट तयार भएको वा दिइएको भोजन ग्रहण गर्न हुदैन। साथीहरुसंग मिलेर वाडीचुडी खानुले समवन्धमा मिठास भरिन्छ। यसले प्रसन्नता र आयू दुवै वढाउँछ। दुध राम्रो संग उमालेर मात्र पिउन पर्छ। यसले हानिकारक किटाणुहरु नष्ट गर्छ र छिटो सड्न दिदैन। साँझ परेपछि दहिको सेवन हानिकारक हुने गर्दछ। यसले शरिरमा वायूजन्य विकारहरु उत्पन्न गराउने हुनाले प्राय रात्रिभोजहरुमा दहि राखिदैँन। मसालेदार, चिल्लो पिरो अमिलो चुकयूक्त   सामिष भोजन र मादक पदार्थहरुले प्यास वढाउने हुन्छ। यस्ता भोजनको सेवन गर्दा विचार पुर्याउनु पर्छ। 

य आमं मांसमदन्ति पौरुषेयं च ये क्रविः। गर्भन् खादन्ति केशवास्तानितो नाशयामसि।।   (अर्थवेद ८.६.२३)अर्थात  काँचो मासु कहिल्यै पनि खानु हुदैन। राम्रो संग नपाकेको मासुमा रोगका हानीकारक किटाणुहरु हुने हुँदा राम्रो संग पकाएर मात्र खानु पर्दछ। सिजन अनुसारका फलफूल तरकारी खानुपर्छ। नैसर्गिक रुपमा पाकेका फलहरु संत महर्षीहरुको सर्वोत्तम आहार मानिन्छ। राम्ररी पाकेको खाना मात्र खानु पर्दछ। खाना पाकिसकेको छैन भने पाकुन्जेलसम्म पर्खनु पर्छ।

हामीले खाएको खाना नै हाम्रो स्वास्थ्य हो। त्यसैले स्वच्छ, सफा, ताजा अनि विषादी रहित खानाको सेवन गर्नु पर्छ। चाडपर्वको रहुसमा आहार विहारको ख्याल नगर्नाले स्वास्थ्यमा प्रतिकूल असर परिरहेको हुन्छ। उमेर ढल्किए संगै हामीले दैनिक उपभोग गर्दै आइरहेको खाध्यान्नसंग सम्झौता गर्नु पर्ने हुन्छ। कुनै भोजनमा जोड गर्नु पर्ने हुन्छ भने कुनै भोजनलाई परित्याग पनि गर्नु पर्ने हुन्छ। वैदिक कालदेखि नै भोजन पद्दती चिकित्सा क्षेत्रमा प्रयोग हुँदै आइरहेको छ। विरामी मानिसहरुले चिकित्सकको सल्लाह वमोजिम नै भोजन गर्नु पर्छ। नियमित समयमै खाना खानु पर्छ। लामो समय भोको रहनाले शरिर क्षीण हुँदै जान्छ। त्यसैले खानपानमा विशेष ध्यान दिने गरौँ। स्वस्थ भोजन पद्दती अपनाऔँ। चाडपर्वका लहरहरुको सुभारम्भ भईसकेको छ......!

No comments:

Post a Comment