Friday, September 23, 2016

शहरकाे दैनिकी

कानमा वजीरहेको ईएरफोन झव्वाट्ट खुस्किन्छ,माेवाइल उछिट्टिएर तल सिट मुनि खस्छ।तेज गुडिरहेको वस ट्राफिक लाइटनिर अाएर घ्याच्च! राेकिएपछि ड्राईभरका मुखवाट याैटा अश्लिल वाक्य फुत्कन्छ-"म्याचि*ने...."

विण्ड स्क्रिन छेउ बसेर  यी सबै कुरा नियालीरहेकाे म सवकासव  हतारमै देख्छु।जेव्रा क्रसिङमा उभिनेहरू वाटो पारी पुग्ने हतारमा हुन्छन।चड्नै नपाई भाडा माग्ने खलासि देखि लिएर विसाैनिमा घण्टाैं राेकेर ,स्पिड दाैडाउने सवारी चालक सम्म सबैमा शहरकाे ब्यस्त दैनिकी झल्किन्छ।नगरपालिकाकाे सिफारीस लिएर अाउने अवाक माग्नेहरू वा दाइ पाँच रूपे दिनुन भन्ने सडक वालवालिकाहरू अनि लेग्राे तानेर बदाम ,पानी र किताब बेच्ने सडक ब्यापारीहरू, यहाँ कसैलाई पनि सास फेर्ने फुर्सत छैन।सवैलाई थाहा छ 'ढिलाे गए अवस्य पुगिन्छ....' तर सँधै हतारमा देखिन्छन जामका बेला वीच-वीचबाट लुसुक्क छिर्ने मोटरवाइक र स्कुटिहरू। 

अखवारहरूमा नियमित नाम अाउने शिर्ष नेताहरू राजनैतिक समिकरण बदल्ने हतारमा हुन्छन।याैटा अक्षर सार्न नपाउँदै स्लाइड बदल्ने कलेजका प्राेफेसरहरू सम्झिन्छु,जसलाई छिटाे भन्दा छिटाे काेर्स सकाउनु पर्ने चटाराे छ अर्काेतिर लाइब्रेरी जाने जमात हुन्छ जाे हरदम किताबहरू नविकरण गर्ने हतारमा हुन्छन।

बल्खु चाेकमा उपत्यका बाहिर जाने टाटासुमाेहरूको यात्रु बटुल्ने हाेडवाजी चलिरहेकाे हुन्छ तर पुग्नु पर्ने ठाउँमा यी काेहिपनि समयमा पुग्दैनन।सिट नपाउनेहरू गनगन गर्दै हुन्छन ' लाै न! ढिलाे भाे' ।मलाई लाग्छ हरेक मान्छे यति चुस्त हुदाहुदै पनि हाम्राे उन्नति किन सुस्त छ? म साेच्छु अलमल कहाँ नेर हुन्छ? सायद,हतारमा गरेकाे कामले फुर्सतमा पछुताउन पर्छ।'उफ! अाज पनि साेयल क्लास छुट्ने भाे'हतारिदै म पनि घडीहेर्दै बसवाट अाेर्लिन्छु।कलेज कम्पाउण्ड पसेपछि मात्र मलाई अगि वसमा छुटेकाे छाताको वल्ल सम्झना आउँछ।

No comments:

Post a Comment