Monday, March 23, 2015

शिर्षकबिहिन यौटा अध्याय

कहिलेकाही बिषय  र सन्दर्भ भन्दा बाहिर जान मन लाग्दो रैछ ।सम्हालिन खोज्दा खोज्दै पनि गैदोरैछ ।के गर्ने भाबनमा बगिदोरैछ ।मलाई सधै एउटा कुरा को डर लागिरहन्छ ,कुनै कार्यक्रम वा सम्भेलनमा  कतै म बोल्द बोल्दै बिषयको सङ्हार नाघेर त बोल्दिन ? हो !मलाई सधै यही कुराको डर लागिरन्थ्यो र अझै पनि लाग्छ ।आजभोलि किन हो किन मलाई शीर्षक बिहिन कुरहरुनै मन पर्छ ?बिष्य बस्तु भन्दा परका कुराहरु सोच्न मन लग्छ,अनी आत्मा बृतान्त कथाहरु नै लेख्न मन लग्छ किनकी यहाँ कुनै शीर्षक हुँदैन ,सिमरेखा र परिधी हुँदैन जसभित्र आफु अटाउनका लागि आफुभित्रका भावनाहरुलाई आफै भित्र खुम्च्यौन पर्ने अपराध  गर्न पर्दैन ।आखिर बानी त हो यो शीर्षकै शीर्षका हरुको बिचम रहेको यो एउटा अध्यायमा चाही मलाई यस्ता कुराहरु लेख्न मान लागो जसमा कुनै Theme छैन ,जाहा मेरा भाबनाहरु सजिलै अभिब्यक्त  हौउन ।मेरा Expression हरुलाई सिरानमा लेखिने कुनै एउटा शब्दले नबाधियोस ।जहाँ एक किसिमको बिशेष Flow हुनुपर्ने केहि जरुरी पनि नहोस ।सायद यो यसले के भन्न खोज्दै छ भन्ने बुझ्न धेरैलाई जतिसुकै गाह्रो किन नहोस । बास्तवमा कुनै कुनै बानिहरु छुटाउन कती गाह्रो हुन्छ भने नि बिषयनै नभएक कुराहरु मन पराउने मेरो बानी जस्तै कहिलेकही मैले मेरो जिवनमा पनि गन्तब्य बिहिन मार्गहरुमा आफ्ना पाइलाहरु चाल्न चाहेछु र चालेछु पनि ।मलाई थाहा छ  जुन काम म गरिरहेकोछु,जुन काम म थालिरहेको छु त्यस्को कुनै औचित्य छैन ,त्यसबापत मैले कुनै एवार्ड पनि पाउने हैन  तर पनि म थालिरहेको छु ;कसैको प्रेरणाले होईन ,कसैको करकाप र जबर्जस्तिले  होईन ,मेरो चाहनले त झन हुँदै होईन ,इच्छाशक्ती र लगनसिलताले पनि होईन तर पनि म गरिरहेको छु ,अनवरत लागिरहेको छु ;विकज I am addicted !!!

अचम्म लाग्छ informality  भित्र पनि formality  देखेर ।गन्त्ब्य बिहिन यात्रा गर्दा गर्दै एउटा गन्तब्यम पुगिदोरैछ अनि बल्ल थाहा पाए अनन्तमा पनि अन्त्य हुदोद्रैछ ।कुनै यथार्थाहारु कती तिता र अपत्यारिला हुन्छन भने सोझो हिसाबले हेर्ने हरु जो कोहिले नपत्याउन पनि सक्छन तर तितो होस वा टर्‍ओ पत्यारिलो होस वा अपत्यारिलो  यथार्थका मुखिन्जेल जस्तोसुकै कृत्तृमता पनि टिक्न सक्दैन ।आजभोलि म आफ्नै बिगत पल्टाउछु ,बर्तमान नियाल्छु र भविस्य बारे कल्पना गर्छु ।एत्तिकैमा  धेरै  कुराहरु बिश्लेशन गर्न मन्लाग्छ धेरै भन्दा धेरै event र accident हरुको समालोचना गर्न मन्लाग्छ ।आफ्नो समग्र जिवनको Flash Back मा जान मनलाग्छ ।यो मेरो बानी जस्तै भैसकेको छ ।यसो हुँदा कहिले स्वोयम आफैलाई प्रफुल्ल रहेको पाए त कहिले पछुतो पनि लाग्छ किनकी मानब जिवन सफलता असफलता ,सुख दुख ,बिगत बर्तमान्,यथार्थ कृत्तिमता अनि हासो र आशुले निर्मित हुदो रैछ ।एउटा मान्छेको औसत आयु सत्तरी देखी असि बर्षसम्म भएपनी जिवन भोगाइको आधर मा मापन गर्ने हो भने यो निकै छोटो अवधी हो ।यही छोटो अवधिमै पनि सबै कुरा त स्मरण्मा त रहदैनननै  स्मरणमा नै  रहेक कुरहरुलाई आधर मानेर पुना स्मरण  गर्नेहो भने जिवन निकै लामो र अनन्तसम्म हुदोरैछ मेरो जिवन पनि यि कुराहरु बाट आछुत भने छैन ।मानिस जन्मिएर मर्दा सम्म धेरै मान्छेहरुको सँगत गर्नुपर्छ ।धेरै उकालो ओरालो र मेला पातहरु गर्नुपर्छ ।घाम पानी ,असिना पसिना दुबै खेप्नु पर्छ ,कतै सङ्हर्स त कतै सम्झौताहरु गर्नु पर्छ ।परिचित तथा अपरिचितहरु को सामना गर्नु  पर्छ । जिवन भोगाइकै सन्दर्भमा मैले धेरै पहिले लेखेको एउटा कबिता याद आयो -

फरक छन मान्छेका भोगाइहरु फरक छन मत र अभिमतहरु
सन्तुष्टिसगै गासिएर किन?आउछन यी आपत र बिपतहरु 
जब भबिस्य सँग नै समानान्तर भैदिदा रैछन यि बिगतहरु
तब यथास्थितिमै रहिरहन्छ समाज फेरिए पनि सम्वतहरु 
जब बसाल्न भन्दा छुटाउन गाह्रो हुन्छन खराब आदतहरु
तब साना साना चोटहरुको पनि बस्नेछन ठुल्ठुला खतहरु
लाग्छ देखेर माहापुरुषहरुका पनि सरम लाग्दा ति नै हर्कतहरु
सम्हाल्नै गाह्रो आफैमा पनि कती सम्बेदन्शील  यि इज्जतहरु?

मानिसलाई कुनै कुरा अभिब्यक्त गर्न एउटा माध्यम चहिन्छ ।अभिब्यक्तिका ति माध्यम्हरुको उपस्थितिमा भावनाहरु जसरी पनि अभिब्यक्त हुन्छन ।हुनत कुरो र कुलो जता लगो उतै जान्छ तर पनि आफ्ना मन भित्र छरपस्ट रहेक शीर्षक बिहिन यि नै अभिब्यक्ती हरुलाई यही पोख्न चाहन्छु कारण शीर्षकरुको अभाबमा आफुभित्र उब्जेका चाहना र रहरहरुलाई म आफै भित्र दबाउन र मार्न चाहन्न ।म यस्तो कहिले पनि नहोस भन्ने चाहन्थे तर पनि अज्ञान्ता बस मैले आफ्न रहरहरुलाई मारेको छु कैयौ पटक केहि पाउनका लागि केहि गुमाउनु पर्छ भन्ने त थाहा थियो तर ठुला कुरा गुमाउन लाग्दैछु र पनि हात लाग्ने खाले उपलव्भ्धी म केहि देख्दिन ।मलाई मेरै  आशाहरुले कहिलेकही निरास बनाउछन ।उपलबधी सुन्य कुराका लागि मैले ठुलो कुरा गुमाउन लाग्दैछु भन्ने जान्दा मलाई काहाली लागेर आउछ ।मेरो मस्तिस्कको कुना कुना बाट Depression कणहरु देखा पर्न थाल्छन ।त्यसपछी मलाई कसैको खुशीयालिमा सहभागी  हुन मन्लाग्दैन ।मलाई कसैसँग बोल्न मलाग्दैन ।म यि समस्याहरुको समाधान खोज्न थाल्छु र आफुले आफुलाई सम्हल्दै जस्तो पर्छ त्यस्तै टर्छ भन्ने उक्त्तिमा समाहित गर्छु ।




No comments:

Post a Comment