Friday, May 15, 2020

कोरोनाले निम्त्याएको संकटको सामना कसरी गर्दैछन निम्न आयस्तर भएका समुदायहरु ?


कुनैपनि कारण विशेषले निम्तयाएको अप्mटेरो परिस्थीती नै संकट हो। विश्वभर फैलिएको कोरोना भाईरसको प्रकोपलाई मध्यनजर गर्दै २०७६ को चैत्र १० वाट नेपाल सरकारले वन्दावन्दिको गर्ने निर्णय गर्यो। सार्वजनिक यातायात एवम् अन्तरप्रदेशिय आवागमन सवै ठप्प पारिए। सर्वसाधारणलाई घरै वस्न र आवस्यक सावधानी अपनाउन सु सुचित गरियो। छापा तथा विधुतिय माध्यम, नागरिक समाजका अगुवा, राजनितिज्ञ, संचारकर्मि, एवम् थुप्रै चर्चित हस्तिहरुदारा सामाजिम दुरी कायम गर्ने, हात धुने लगायतका सावधानीका उपाएहरु समेटिएका सचेतना मूलक कार्यक्रमहरु पनि संचालनमा आए।  लकडाउन सुरुभए देखि हालसम्म नेपालमा २५० जना संक्रमितहरु फेला परिसकेका छन्। निको भएर फर्किनेहरुको संख्या ३५ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या शुन्य छ।


यो संकटको दुष्प्रभाव गरिव समुदायमा वढी देखिएको छ। गरिवी सामाजिक, आर्थिक वा राजनैतिक जस्तोसुकै हुनसक्छ। आधारभूत आवश्यक्ताहरुलाई परिपूर्ती गर्नका लागी पर्याप्त आय वा चल अचल सम्पतिहरुको भोग चलनवाट वन्चित हुन पुगेका मानिसहरु नै वास्तविक गरिवहरु हुन्। विहान वेलुका छाक टार्न समेत मुस्किल हुने वास्तविक गरिवहरु भने कोरोना महासंकटको चपेटामा परेका छन्। यस अवधीभर खाईपाई आएको मासिक तलवमा समेत कटौति हुने भएपछि निम्न दर्जामा काम गर्ने श्रमिकहरु र कार्यलयका कर्मचारीहरु मारमा परेका छन्। नेपालका अधिकासं उतपादन उधोगहरु चिनवाट भित्रिने कच्चा पदार्यहरुमा आश्रित छन्। लकडाउनको प्रभावले यस्ता कच्चा पदार्थहरुको आयातमा ह््रास आए संगै  शहरमा साना तथा मझ्यौला व्यापारमा संलग्न मानिसहरु जो पूmटपाथमा व्यापार नै आयश्रोत वनाएर वसिरहेका छन् उनिहरुमा यसको प्रत्यक्ष असर देखिएको छ। वैक तथा वित्तिय संस्थाहरुवाट कर्जा लिएर उध्यम सुरु गरेका केहि नव आगन्तुक उद्यमीहरु व्यापार खस्किएर कर्जा तिर्न नसक्ने स्थितीमा पुगेपछि निराशा र चरम हिनतावोधका कारण आत्माहत्या गर्न वाध्य पनि भए।  निम्नवर्गमा खाध्य सुरक्षा र न्यूनतम पोषण परिपूर्तिका कुराहरु  जटिल चुनौति वनेको छ। यसका साथै संयुक्त राष्ट्र एजेन्सीले नेपालमा लकडाउनका कारण आगामी छ महिनाभित्रमा करिवन ४००० वालवालिकाको मृत्यु हुन सक्ने अनुमान गरेको छ।

नेपाल सरकारले चालेका कदम

चैत्रको मध्यदेखि नै नेपाल सरकारले नेपालको अन्तराष्ट्रिय विमान स्थल लगायत भारतसंगका सिमा नाकाहरुमा स्वास्थ्य परिक्षणको व्यवस्था गरेको छ। भुमार्गले गासियका भारत र चिनका सिमा नाकाहरुमा आवतजावत पूर्णतया वन्देज लगाईएको छ। अन्तराष्ट्रिय उडानहरु स्थगन गरिएकाछन् भने पूर्वनिर्धारित परिक्षाहरु रद्द गरिएका छान् र सम्पूर्ण  शैक्षिक संस्थाहरु पनि ठप्प छन्। क्वारेन्टाईन भवन र अल्पकालिन अस्पतालहरु देशैभरी संचालनमा छन्। त्यसमध्ये केहिमा प््रायोगशाला सुविधाहरुका साथ विस्तार हुने क्रममा छन्। अस्पतालहरुमा आपतकालीन केयर युनिट (आई सि यू) र पृथकता शैयाहरुको पनि व्यवस्था गरिएको छ। सार्क सदस्य राष्ट्र्हरुले महामारीको प्रकोपलाई निमूल पार्न आपसमा सहयोगका लागी अपिल पनि गरेका छन्। भारत सम्युक्त राज्य अमेरिका, जर्मनी लगायतका मूलुकहरुले नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोग वढाईरहेका छन्। सार्वजनिक स्थानहरु जस्तै  मन्दिर, चर्च र मस्जिदहरुमा २५ जना भन्दा वढीको भेला हुन वन्देज लगाईएको छ। उच्च स्तरिय सम्मन्वय समितीले जारी गरेको वक्तव्यमा अति आवस्यक काम वाहेक मानिसहरुको आवतजावतमा रोक लगाइने कुरा उल्लेख गरिएको छ।
कोरोना महामारीको प्रकोप उत्पन्न भएसंगै नेपालमा पूर्वाधार विकासका परियोजनाहरु समेत प्रभावित भएकाछन्। पोखरा अनतराष्ट्रिय विमानस्थल निर्माण, गौतमवुद्द अन्तराष्ट्रिय विमानस्थ्ल निर्माण, मेलम्ची खानेपानी परियोजना जस्ता वृहत परियोजनाहरु चिनिया कामदारहरुको अनुपस्थितीमा कारण संचालन हुन सकेका छैनन्। विकास निर्माणका क्षेत्रहरु पनि यी खाले ढिला सुस्तीहरुवाट अछुत भने छैनन्। फलस्वरुप कामदारहरुले दैनिक जनजिवनमा आर्थिक संकटको सामना गरिरहनु परेको छ। नेपालमा विप्रेशण रकमको मुख्य श्रोत वैदेशिक रोजगार पनि हो। वर्तमान परिपेक्षमा, कोरोना भाइरसको असर विप्रेशण रकममा पनि दयनिय छ। गत वर्ष देशको कूल गा्रहस्थ उत्पादनमा रेमिट्यानसले २६ प्रतिशत हिस्सा ओगटेको गियो। गत आर्थिक वर्षको सुरुको चार महिनामा नेपालले कतार , साउदि अरविया, कुवेत, अरव र वहराईन जस्ता मूलुकहरुवाट ५० प्रतिशत भन्दा वढी रेमिट्यान्स भित्र्याउन सफल भएको थियो। वैदेशिक रोजगारीका लागी भारत लगायत छिमेकीि राष्ट्र्मा मजदुरी गर्ने थुप्रै श्रमिकहरु नेपाल भारत सिमा क्षेत्रमा अलपत्र परेको अवस्था छ भने कति श्रमिकहरु अवैध रुपमा सिमा क्षेत्रहरुवाट लुकीछिपी नेपाल भित्रिने गरेकाछन्। 

लकडाउनको ५१ दिनसंम्म आईपूग्दा संक्रमितहमरुको संख्या २५० को हाराहारीमा पुग्नुले पनि नेपालको तयारी नपुगेको र लकडाउनलाई थप कडाईका साथ लागु गरी आसपासका जिल्लाहरुमा समेत आवागमन निषेध गर्नुपर्ने निष्कर्षमा नेपाल सरकार पुगेकोछ। टेलिफोन सिग्नलको समेत राम्रो प्रवन्ध नभएको नेपालमा विकट भुभागका अधिकांस वाललालिका एवम् विध्यार्थीहरु इन्टरनेटको पहुचमा नभएको र अनलाइन कक्षाले सवै वर्ग क्षेत्रका विध्यार्थीहरुलाई समेट्न नसक्ने भन्दै सामाजिक संजालहरुमा चर्को आलोचना हुन थालेपछि नेपाल सरकारले कोरोना प्रकोप सामान्य नहँुदा सम्म यो वर्षको लागी विध्यार्थीको नया भर्ना नगर्न  र अनलाईन कक्षाहरुलाई अनिवार्य नगराउन निर्देशन दिएको छ। यसका साथै यो वर्षको एस ई ई परिक्षा समेत स्थगन गरिएको छ। व्यापारमा शिथिलता रोक्नका लागी सरकारले आगामि वजेटमा आधारभूत शिक्षा र स्वास्थ्यलाई जोड  दिदै आर्थिक पुनर्उत्थानमा केन्द्रित रहने प्रतिवद्घता जनाएको छ। स्थानिय निकायहरुले पनि आ–आफ्ना स्थानिय स्तरमा आवस्यक थप आदेशहरु जारी गरी कोरोना नियन्त्रण तथा रोकथामको पहल चालेकाछन्।

समुदाय स्तरमा भएका प्रयासहरु


वाली नालीको कटानीको समयमा लकडाउन सुरु भएपछि र झनझन लम्विदै जान थालेपछि किसानहरु चिन्तित हुन थालेका छन्। नेपाल राष्ट्र वैकले आर्थिक वर्ष २०१९–२०२० को आर्थिक नितीको अर्ध वार्षिक पुनरावलोकनमा कोरोना प्रकोपका कारण धानवालीको उत्पादनमा ह्रस आउन सक्ने हुनाले नेपाली अर्थतन्त्रमा नकारात्मक असर पर्ने कुरा पनि उल्लेख गरेको छ। हाल किसानहरुका खेत वारीमा मकै, गहुँ, आलु लगायतका वालीहरु छन्। वाली कटानी गर्ने र उत्पादन लिई वाली भित्र्याउनु पर्ने समयमा  कृषी कर्मका लागी जनशक्तिको अभाव हुन थालेको छ। कृषि उत्पादनसंग सम्वन्धित व्यवसायहरु ठप्प वनेकाछनस्। यो अवस्थामा दुग्धजन्य पेशामा आवद्घ किसान वा उधोगहरुमा वन्देज लगाईएको छैन। यस अन्तरगत दुग्धजन्य उत्पादनका उधोगहरु जो पहिले एक वा दुई सिप्mट मात्र संचालनमा थियो अव यो अप्mट्रो परिस्थीतीलाई हृदयाङगम गर्दै तिन सिप्mट संम्म संचालनमा ल्याईएका पनि छन्। फलफूलको भण्डारण र प्रशोधनजस्ता कार्यहरु महिलाहरुले घरभित्रै वसेर गर्ने गरेकाछन्। यद्घपी फलफूल संकलन केन्द्र र यातायातको सुविधा नभएका कारण किसानहरु आप्mनो उत्पादन वजार सम्म लगेर विक्रि गर्नवाट भने वन्चित छन्।  यो महासंकटको सामना गर्न नेपाल सरकारले विश्व स्वास्थ्य संगठनको आधारपत्रलाई जारी गरेता पनि किसानहरु यो संकटको घेरावन्दिवाट माथी उठ्न सकेका छैनन्। श्रमिकहरु नपाईने र यातायातको असुविधाका कारण पनि किसानहरु आप्mना उत्पादन खुद्रा तथा थोक वजारसम्म पुर्याउन सकिरहेका छैनन्। ज्यालादारीमा आश्रित र कृषीसंग सम्वन्धित सम्पूर्ण सरोकारवालाहरुलाई यो विषम परिस्थीतीवाट माथी उठाउनका लागी सहयोगको आवस्यकता छ।


कोरोना प्रकोप नियन्त्रणका लागी वन्दावन्दि नै अन्तिम अस्त्र नभए पनि रोकथाममा यसको निकै ठूलो भुमिका रहन्छ। वन्दावन्दिको कारण सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य र विकास निर्माणका परियोजनाहरुमा परेको असर कम गर्न र अत्यन्तै न्यून आय स्तर भएका समुदायहरुको दैनिक जनजिवनलाई थप कष्टकर हुनवाट जोगाउन सरकारले लकडाउनक पूर्ण रुपमा खोल्न नसकेता पनि सहजीकरण भने गर्नुपर्ने देखिन्छ। नेपालमा कोरोना नियन्त्रणका लागी भईरहेका प्रयासहरु परिणाम मुखी भने रहेनन्। अन्तराष्ट्रिय जगतले थालनी गरेको अभ्यास वा विगतका केहि अनुभववाट के पनि आँकलन गर्न सकिन्छ भने यस्ता खाले विपत्तीहरुवाट माथी उठ्र्न नेपाल जस्ता देशहरुलाई संभव त छ तर केहि समय पर्खनु भने जरुर पर्ने छ। नेपालले सामना गरिरहेको कोरोना विरुद्घको यो प्रयास झण्डै झण्डै निरर्थक जस्तै देखिन गएता पनि संभावनाहरु भने प्रशस्त छन्। यो प्रकोपसंग लड्न कोरोना विरुद्घको खोप वा हर्ड ईम्यूनिटी यी दुई उपायहरु मध्ये कुनै एक प्रभावकारी हुन सक्दछन्। तर तत्कालका लागी यी दुवै उपायहरु शिघ्र अवलम्वन गर्न सकिने अवस्था भने देखिदैन।
यो  समय परिस्थीतीको सामना गर्ने हो। विकसित राष्ट्र्हरु चिन, सिंगापूर, हङकङं आदिले जस्तै कोरोना प्रकोप फैलनवाट रोक्न विज्ञानको प्रभावकारी उपयोग गरी यौटा सम्यूक्त राष्ट्र्यि रणनिती वनाएर प्रयासहरु अघि वढाउन जरुरी छ। अल्पकालिन कार्य योजनाहरुका अनन्त श्रृङखलाहरुले क्षणिक राहत प्रदान गरे ता पनि दिर्घकालका लागी भने हाम्रो जिवनशैली, हाम्रो जिविकोपार्जन र हाम्रो दैनिकीलाई सहज वनाउन भने पक्कै सक्दैन। यो समयमा यौटा नेपाली नागरिकको नाताले गरिव तथा असाहायहरुलाई सहयोग गर्न सकिन्छ। उनीहरुका आवस्यकता अनुसार हामी धेरै तरिकाले उनीहरुलाई सहयोग गर्न सक्छौँ। सर्वप्रथम त कोरोना प्रकोपका पिडितहरुलाई जो आर्थिक रुपमा विपन्न छन् उनीहरुलाई औषधोपचार, खाध्यान्न तथा नगद पैसाको प्रवन्ध मिलाएर सहयोग गर्न सकिन्छ। कुनैपनि सहायता आफैमा ठूलो वा सानो हँुदैन। कसरी वा कुन परिमाणमा ?भन्ने कुराले खासै अर्थ राख्दैन किनकी यो समय मानवले मानवको मर्म वुभ्mने र मानविय धर्म उजागर गरी मानव हुनुको परिचय दिनु पनि हो। ईच्छुक दाताहरुका निम्ती केहि विश्वासनिय समुदाय र संघसंस्थाहरु पनि छन् जो यो विश्व विपदको घडीमा गरिव तथा असाहायहरुको सहयोगार्थ अहोरात्र खटिरहेकाछन्। थुप्रै चर्चित हस्ति एवम् उच्च पदस्त व्यक्तित्वहरुले नेपालमा व्मयक्तिगत वा सामुहिक प्रयासमा राहत संकलन, वितरण र स्वास्थ्य सेवाको अभियान नै सुरु गरेकाछन्। हालसंम्म सरकारी, निजी र सामुदायिक पहलमा नेपालका पाँचवटा प्रदेशहरु गरी जम्म ९० भन्दा वढी क्वारेन्टाईन केन्द्रहरु संचालन गरिएका छन्। खाध्यान्न,मास्क, सावुन, स्यानिटाईजहरु वितरण गरी वा सर्वशुलभ मूल्यमा सहज उपलन्ध गराई समुदाय स्तरमा यो प्रकोपसंग लड्ने प्रयास जारी छ। यी नै मध्ये कुनै एक तरिकावाट हामी नेपाललाई कोरोनाको प्रकोपसंग जुध्नका लागी मद्वत गर्न सक्तछौँ। यहाको सानो सहयोगले पनि गरिव तथा विपन्न जनताहरुको जिवन रक्षा गर्न ठूलो भुमिका खेल्छ। यसले यहामा भएको मानवियतालाई मात्र दर्शाउँदैन। धेरै भन्दा धेरै मानिसहरुको जिवन रक्षा गरेर नेपाललाई कोरोना प्रकोप मुक्त गराउने अमूल्य अवसर पनि हो। भुकम्प र भारतिय नाकावन्दिले थिलथिलो पारेको नेपाली अर्थतन्त्रमा फेरी कोरोना प्रकोपको अर्काे यौटा अकल्पनिय भवितव्यले पाइलो टेकिसकेको छ। नेपालले कौशलता पुर्वक सुरक्षित रहने कुरामा आशावादि रहदै भवितव्यको सामना गर्न  पनि तयार रहनु पर्दछ। आऔँ यो विषम परिस्थ्तिीसंग जुध्न व्यक्ति, समाज राष्ट्र्र हरेकले इमान्दारीताका साथ आ आप्mनो तहतप्कावाट आ आप्mनो भुमिका निर्वाह गरौँ।


No comments:

Post a Comment