Wednesday, April 8, 2020

                मार्गदर्शन


अाजसम्म जे जे छन खुसीहरू संगाल्याै भने
दुख-दर्दलाई प्याराे साथीजस्तै अंगाल्याै भने
नसक्ने के छ र तिमीले? चट्टानै फाेर्न परे
सम्भव छ, थाेरै पसिना अझै निकाल्याेै भने।


परिश्रम र विश्रामकाे संयाेजन रहेछ जीवन
दाैडनु र पर्खनु विच, सन्तुलन रहेछ जीवन
निरन्तर्ता नै छ काफी, चाहिदैन तिव्र गती
मंजिल भेट्न यात्रा अहिल्यैदेखी थाल्याै भने।


कठाेर नै नरम वन्छ, पाेल्छ, गाल्छ अारनले
तातैमा पिट्न पाए, अाकार फेर्छ फलामले
अागाेकाे राप संगै जव चाप र ताप वड्छ
सल्सल वग्ने तरल वन्छ, धातु पगाल्याै भने।


अम्मलकै खुराक हुन्छ लत हाेस् या कुलतमा
थाेरै मात्र अन्तर हुन्छ, के सही र के गलतमा?
गल्ती गर्छ मान्छेले नै सुधार्न सकिन्छ गल्ती
स्वीकारेर गल्ती असल अादत वसाल्याै भने।


रचनाकार : अनिल भण्डारी
#2020


 dfu{ bz{g zLif{ssf] o; sljtf lj ;+ @)&^ ;fn kmfNu'gdf sfe|] lhNnfjf6 k|sflzt cvjf/ j]yf~rf]s ;fKtflxsdf k|sflzt ePsf] lyof]. 

No comments:

Post a Comment