Friday, July 12, 2019

वेथाञ्चाेकलाई नियाल्दा


व्यवसायमा विविधता छ, अधिकांशकाे पेशा कृषी
मिश्रित खालकाे वसाेवास यहाँ भिन्न भाषा भेष
स्वच्छ, सफा, शितल वातावरण ग्रामिण परिवेष
खेलकुद, शिक्षा, साहित्य, संगित सवैमा उस्तै पाेख्त
विजुली वत्ति, सडक, स्वास्थ्य, संचार सुविधाले युक्त
सहृदयी स्थानिय, सु-संस्कारले सु-सज्जित
सभ्य, शिक्षित, मिलनसार, कति अनुसासित
अामा, काकी, भाउजुहरू मेला पातमा व्यस्त
कच्ची वाटाे अफ्ठेराे भिरपाखासंग अभ्यस्त
यत्ति सुन्दर ढुङ्खर्कलाई अझ सिगार्नु पर्छ।
सवैले हात वाँधेर वसे पाैरख कसले गर्छ?
युवा क्लव, अामा समूह, वालवालिकाहरूकाे ईकाई
जाेसिला यी जनशक्तीलाई कहिल्यै नलागाेस् थकाई।
दिगाे कृषि थाल्न पर्छ, पानीकाे मुहान र जंगल जाेगाअाैँ
जिविकाे उपार्जन उकास्नलाई सीप विकासमा लागाैँ
पर्यावरणमैत्री वाली राेपाैँ, अाम्दानीकाे श्राेत वढाअाैँ
अत्याधिक कार्वन उत्सर्जन राेक्न वाेट बिरुवा लगाअाैं।
अब हरेक मानिस हर्ताकर्ता, अब उ स्वयम् नै प्रसारकर्ता
अाफु वुझी अरूलाई वुझाअाैँ पृथ्वीकाे भारवहन क्षमता
सवै मानिस सम्पन्न वनेकाे याैटा अाकर्षक परिदृश्य
हामी अाफैले अाँटे सम्भव छ हाम्राे उज्जवल भविष्य
स्थानिय श्राेत साधनकाे उपयाेगसंगै संम्रक्षण गराैँ
समृद्धिकाे सपना साकार पार्न अाजै देखि लागि पराैँ।

No comments:

Post a Comment